प्रतिनिधिसभाको शुन्य समयमा सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

प्रतिनिधिसभाको शुन्य समयमा सांसदले के भने ?

sanghaiya samsadh

काठमाडौं, १० भदौ । सांसदहरुले हत्या हिंसा लगायत देशको समसामयिक र आफनो निर्वाचन क्षेत्रसंग सम्बन्धित बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

सुन्य प्रतिनिधिसभाको आइतवारको शुन्य समयमा सत्तारुढदल नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद विन्दा पाण्डेले देशभर महिला हिंसा बढिरहेको भन्दै सचेत भएर काम गर्न सरकालाई आग्रह गरिन् । सांसद पाण्डेले महिला हिंसाविरुद्ध प्रतिनिधिसभाले पास गरेको संकल्प प्रस्ताव तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षणसमेत गराईन् ।

सत्तारुढदल नेकपाकै सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा घोटाला भएको दावी गर्दै तत्काल छानवीन गर्न सरकारसँग माग गरिन् । नेकपाकै अर्की सांसद सशी श्रेष्ठले गरिवलाई दिने राष्ट्रिय गरिव परिचय पत्रमापनि घोटला भएको भन्दै छानबिन गर्न माग गरिन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सिताराम मेहताले सुनसरीमा सिँचाईको उचित व्यवस्था गर्न माग गर्दै सुनसरी खोला सिँचाई परियोजना छिटो निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । प्रतिपक्षीनेपाली काँग्रेसकै अर्का सांसद संजयकुमार गौतमले बर्दियास्थित बबई नदीमा तत्काल पुल निर्माण गर्न माग गरे ।

शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि आफनो निर्वाचन क्षेत्र संग सम्बन्धित र देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);