सरकारले जनभावना अनुसार काम गर्न सकेन : देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

सरकारले जनभावना अनुसार काम गर्न सकेन : देउवा

sherbahadur deuba

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले सरकारले जनभावना अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएको भन्दै सरकारको आलोचना गरे ।

देउवाले बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हान्ने काम गरेको भन्दै भत्र्सना गरे । कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउँदा एक जना बालकको ज्यान गएको थियो । राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाको रोष प्रकट गरे ।

देउवाले न्यायको खोजीमा गएका पीडितलाई नै ज्यान लिनु कस्तो कानुनी राज्य हो भनि प्रश्न पनि गरे । उनले सरकारले न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउन खोजेको समेत उल्लेख गरे । नेता देउवाले न्यायपालिकाको भूमिका खुम्च्याउने कोसिस नगर्न पनि सरकारलाई चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);