महरालाई सरकारले संरक्षण गरेको सभापति देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

महरालाई सरकारले संरक्षण गरेको सभापति देउवाको आरोप

deuba-mahara

काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कार्वाही नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

दशैंको अवसर पारेर शनिबार राजधानीमा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका महरामाथि कार्वाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको दावी गर्दै आक्रोस व्यक्त गर्नु भयो । उहाँले महराजस्तो ब्यक्तिलाई सबै जिम्मेवारीबाट नहटाएको भन्दै आपत्ति जनाउनुभयो ।

सभापति देउवाले पीडित महिलालाई धम्क्याएर र तर्साएर मुद्दा हाल्न रोक्न खोज्ने महरालाई सरकारले जोगाउन खोजेको दाबी समेत गर्नुभयो । उहाँले घटनाकाबारे सत्य तथ्य लेख्न खोज्ने ब्यक्तिलाई ज्यान मार्ने धम्की दिने काम भईरहेको भन्दै आक्रोस पोख्नुभयो ।

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढ्दा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी पनि गर्नु भयो ।

कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दावी गर्नु भयो । नेता सिंहले जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न नसकेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);