राष्ट्रपति सीको भ्रमण सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति सीको भ्रमण सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना

xi_jinping

काठमाडौं, १८ असोज । चिनियाँ जनमुक्ति सेना (पीएलए) को उच्चस्तरीय टोली राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी लिएर फर्किएको छ । सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँग मात्रै भेटेको थियो ।

चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभावकारी बनाएको भन्दै खुसी व्यक्त गरेको थियो । सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको स्रोतले जनाएको छ । सरकारले राष्ट्रपति सीको नेपाल भ्रमण र त्यसबेला अपनाइने सुरक्षालाई ‘जेट प्लस’ रणनीति अपनाएको छ । मध्यम, विशिष्ट, अतिविशिष्ट र त्यसमाथिको सम्मान र सुरक्षा प्रदान गर्दा क्रमशः ‘एक्स’, ‘वाई’, ‘जेट’ र ‘जेट–प्लस’ रणनीति अपनाइने गरिन्छ ।

सेना, प्रहरी र सशस्त्र तथा गृह मन्त्रालयका अधिकारीले भ्रमण तयारीबारे औपचारिक बोल्न चाहेनन् । नेपाली सेनाको ‘विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय’ले सीको भ्रमण सुरक्षा तयारीको गोप्य खाका बनाइसकेको छ । त्यही खाकाअनुसार उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सम्मिलित टोलीले सम्पूर्ण सुरक्षा व्यवस्थापन गर्नेछ । जनमुक्ति सेनाको ब्रिफिङपछि चीनबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाको जहाजले ‘टेस्ट फ्लाइट’ गरेको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);