सीको सुरक्षाका लागि सेनाको कमान्डमा १५ हजार फौज | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सीको सुरक्षाका लागि सेनाको कमान्डमा १५ हजार फौज

Xi-Jinping-nepal-army.jpg

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको विशेष सुरक्षाका लागि नेपाली सेनाको कमान्डमा करिब पन्ध्र हजार फौज परिचालित हुनेछ। सी काठमाठौंमा उत्रेदेखि उड्दासम्‍मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिनेछ।

सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । यो कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु छन् ।

सीको सुरक्षाका लागि चीनबाटै हतियारसहित विशेष सुरक्षा टोली आउनेछ । त्यसपछि पहिलो घेरामा नेपाली सेना रहनेछ भने त्यसपछि सशस्त्र र नेपाल प्रहरी रहनेछ । सीको यात्राका बेला तिब्बती शरणार्थीबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर संभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षा परिचालन कडा बनाइएको छ।

सीको जहाज काठमाडौं उत्रेपछि उनको सडक सवारी हुँदा नेपाली सेनाको हेलिकोप्टरले एरियल रेकी गर्नेछ । खासगरी त्रिभुवन विमानस्थलदेखि सोल्टी होटेलसम्म, होटलदेखि राष्ट्रपति कार्यलय र राष्ट्रपति कार्यलयदेखि होटलसम्म र होटलदेखि एयरपोर्टसम्मको रुटमा विशेष सुरक्षा सुरक्षा निगरानी हुनेछ । त्यो रुटमो सीको सवारी हुँदा सेनाको हेलिकोप्टले एरियल रेकी गर्नेछ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);