५० चिनियाँ सुरक्षाकर्मी काठमाडौंमा, सोल्टी होटेल तीन दिनसम्म खाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

५० चिनियाँ सुरक्षाकर्मी काठमाडौंमा, सोल्टी होटेल तीन दिनसम्म खाली

xi-jinping-china-president

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन् । उनीहरूले सीको रुटको सूक्ष्म अध्ययन गरेका छन् । कतिपय सूचना संकलनमा खटिएका छन् । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।

सीको भ्रमणका लागि सरकारले सोल्टी होटेल तीन दिनका लागि बुक गरेको छ । सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो । सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । होटेलमा दुई सय ८३ कोठा छन् । जसअनुसार तीन दिनको एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् ।

तिब्बती शरणार्थी तथा केही मानवअधिकारवादीले प्रदर्शनको तयारीको सूचना पाएपछि शनिबार र आइतबार चिनियाँ दूतावास र कन्सुलर अफिसअगाडिको सडकमा आवतजावत रोक्ने भएको छ । प्रहरी स्रोतका अनुसार दुई ठाउँमा सडक डाइभर्सनको निर्णय भइसकेको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);