चेक नकाटी कारोबार गर्ने व्यवस्था तिहारपछि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चेक नकाटी कारोबार गर्ने व्यवस्था तिहारपछि

cheque

काठमाडौं, २५ असोज । राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) तिहारपछि मात्र सञ्चालनमा ल्याउने भएको छ ।

चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधा सहितको आरटीजीएस प्रणाली भदौ २९ मा औपचारिक रूपमा सुरु भएको थियो । पर्याप्त गृहकार्य नगरी सञ्चालनमा ल्याउँदा समस्या आएपछि बन्द गरिएको थियो ।

अब सबै गृहकार्यपछि मात्र सञ्चालनमा ल्याउने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । ‘नोभेम्बर १ (कात्तिक १५) देखि सञ्चालनमा ल्याउने तयारी गरेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘अहिले आरटीजीएसमार्फत कारोबार परीक्षण गर्ने काम भइरहेको छ ।’

यसअघि अनौपचारिक रूपमा राष्ट्र बैंकले भदौ २६ देखि आरटीजीएस प्रणालीमार्फत कारोबार सुरु गरेको थियो । औपचारिक रूपमा उद्घाटन भएको २ दिनमै आरटीजीएसले काम गर्न सकेन र राष्ट्र बैंकले त्यसलाई बन्द गरेको थियो । आरटीजीएस प्रणाली तयार भए पनि राष्ट्र बैंक र वाणिज्य बैंकहरूको प्रणालीमा पूर्ण रूपमा एकीकृत भइनसकेकाले केही समयका लागि स्थगित गर्नु परेको राष्ट्र बैंकले बताएको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);