यस्तो छ चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणको कार्यतालिका | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

यस्तो छ चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणको कार्यतालिका

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनपिङको दुई दिने राजकीय भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । आज दिउँसो ५ बजे त्रिभुवन विमानस्थलमा एयर चाइनाको विमानबाट अवतरण गरिसक्ने राष्ट्रपति सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नै बिमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।

विमानस्थलको स्वागतपछि नेपाली सेनाको टुकडीले विमानस्थलमै सीलाई राजकीय सलामी अर्पण गर्नेछ । त्यसपछि सी विमानस्थलबाट सिधै सोल्टी होटल प्रस्थान गर्नुहुनेछ । सोल्टी होटलमा आराम गरेपछि ६ः३० बजे सी नेपाली समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि राष्ट्रपति भवन शीतलनिवास जानुहुनेछ ।

राति ७ः१५ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने र त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गर्ने विशेष रात्रिभोजमा सरिक हुन ७ः३० बजे सोल्टी होटल फिर्ता हुने कार्यक्रम तय भएको छ । रात्रिभोजमा सरिक भएपछि सुरसुधा ब्याण्डद्वारा आयोजित सांगीतिक प्रस्तुतिमा उपस्थित हुने तालिका छ ।

आइतबार बिहानको कार्यतालिकामा उहाँले १०ः३० बजे नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुहुनेछ । त्यसपछि ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता हुने र सो समयमा द्विपक्षीय सम्झौता समेत हुने कार्यतालिका छ । राष्ट्रपति सी आइतबार दिउँसो १ बजे स्वदेश फिर्ता हुनुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);