चिनियाँ राष्ट्रपति सी सोल्टी होटलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सी सोल्टी होटलमा

xi in ktm

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने भ्रमणका लागि काठमाडौं आउनुभएको छ । राष्ट्रपति सी जिनपिङ भारतको चेन्नईबाट एयर चाईनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाडाैं आउनुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको थियो । यसैगरी राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले फुलको माला दिएर स्वागत गरेका थिए । राष्ट्रपति सीलाई विमानस्थलमा नै नेपाली सेनाले सम्मानगारथ अर्पण गरेको थियो भने सो अवसरमा दुवै देशको राष्ट्रिय धुन पनि बजाईएको थियो ।

सम्मानगारथ पछि राष्ट्रपति सीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा मन्त्रीहरु र उच्च पदस्थ अधिकारीहरुले विमानस्थलमा सम्मान गर्नुभएको थियो ।

राष्ट्रपति सीको स्वागतका लागि विमानस्थलमा नै विभिन्न जातजाति, समुदायको संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिएको थियो । राष्ट्रपति सी जिनपिङको यो भ्रमण उत्तरी छिमेकी राष्ट्र चिनको २३ बर्ष पछिको उच्चस्तरीय नेपाल भ्रमण हो ।

राष्ट्रपति सी अन्तराष्ट्रिय विमानस्थलबाट सिधै सोल्टी होटलतर्फ जानुभएको छ । राष्ट्रपति सीको स्वागतका लागि राजधानीका सडकलाई विशेष साज सज्जाका साथ सजाईएको छ ।

विशेष गरेर त्रिभुव अन्तराष्ट्रिय विमानस्थल देखि होटल सोल्टी सम्मको सडक विशेष रुपमा सजाईएको छ । सीको आगमनको समयमा राजधानीका सडकमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाईएको थियो ।

यद्यपि सीको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि सोल्टीमोडस्थित होटल सोल्टी सम्मको सडकखण्डका विभिन्न स्थानमा बाजागाजा सहित विभिन्न जातजातीको सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ ।

तीनकुने, बानेश्वर, माईतीघर मण्डला, त्रिपुरेश्वर लगायतका चोक चोकमा बाजागाजा सहित र राष्ट्रपति सीलाई भव्य स्वागत गरिएको थियो ।

विमानस्थलबाट होटल सम्म जाने सडकका छेउ छेउमा रहेका विद्युतका पोलहरुमा दुवै देशका राष्ट्रपतिको तस्वीर राखिएको छ । त्यसैगरी ठाउँ ठाउँमा स्वागतद्धारहरु बनाउनुको साथै गमलामा फुलहरु सजाईएको छ ।

राष्ट्रपति सी आउनु केही दिन अघिबाट ब्रुमरले सी हिड्ने सडक सफा गरेर पानीले पखालिएको थियो । सवारीको समयमा विमानस्थल देखि होटल सोल्टी सम्मको सडकमा सवारी आवागमनमा रोक लगाई सडक पुरै खाली गराईएको थियो ।

सी आउने समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले साढे २ घण्टा सम्मका लागि सम्पुर्ण उडान र अवतरण बन्द गरेको थियो । विमानस्थलले शुक्रबार सुचना नै जारी गरेर अपरान्ह २ बजेर ५५ मिनेट देखि ५ बजेर २५ मिनेट सम्म सबै उडान र अवतरण रोकिने जनाएको थियो ।

राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गरि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति सी विमानस्थलमा अवतरणका क्रममा सबै उडान रोक्नुको साथै सडकमा पनि सवारी साधन सञ्चालनमा रोक लगाउदै सडक पुरै खाली गराईएको थियो । सर्वसाधारणलाई सडकमा हिडडुल गर्न तथा उभिएर हेर्न समेत रोक लगाईएको थियो । सडकमा बाक्लोगरी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

राष्ट्रपति सीले होटल सोल्टीमा नै समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट्नुहुने छ । त्यसैगरी अन्य भेटघाटहरु पनि होटल सोल्टीमा नै तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);