चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको सर्वत्र चाँसो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको सर्वत्र चाँसो

xi and bidhya

काठमाडाैं, २५ असाेज । २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण अहिले सर्वत्र चासोको विषय बनेको छ । छिमेकी देशका राष्ट्र प्रमुखबाट भएको नेपाल भ्रमणबाट अहिले जसरी राजनीतिक वृत्तमा खुशीयाली छाएको छ त्यसरी नै अहिले आम सर्वसाधारणमा पनि खुशी छाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपङि नेपालको २ दिने राजकिय भ्रमणका लागी शनिबार नेपाल आउनु भएको छ । उहाँको भ्रमणको चर्चा नेपालमा मात्र नभई विश्वभर नै भईरहेको छ ।

किनकि चीन विश्वमा नै शक्तिसाली राष्ट्रको रुपमा परिचित छ । शक्तिसाली राष्ट्रका राष्ट्र प्रमुखको भ्रमणलाई नेपाली पनि सकारात्मक रुपमा लिएका छन् । राष्ट्रपती सीको भ्रमण नेपालको लागी राम्रो र फाईदाजनक हुने सर्वसाधारणको बुझाई छ । व्यापारीक दृष्टिकोणले पनि चीन राम्रो राष्ट्र भएकोले सीको भ्रमणबाट नेपाल र चीनको व्यापारीक सम्बन्ध थप राम्रो हुने सर्वसाधारणको विश्वास छ ।

छिमेकिको साथ र सहयोग सधैँ अवश्यक पर्ने भएकोले छिमेकीबाट आश गर्नु भन्दा पनि केही सिक्न सक्नु पर्ने सर्वसाधारण बताउँछन् चिनले नेपालका धेरै क्षेत्रमा सहयोग गरिरहेकोले चिनको सहयोग प्रति नेपाली जनता खुसी छन् ।

रेलवे, यातायात, शिक्षा तथा आर्थिक क्षेत्रमा चिन धेरै अगाडी रहेकोले नेपालले पनि उत्त क्षेत्रको विकासका लागी चिनको रणनिति अवलम्बन गर्नु पर्ने सर्वसाधारणको धारणा छ ।

सीको स्वागतका लागी काठमाडाैं उपत्यकाका सडकहरु सफा र सुन्दर मात्र भएका छैनन्, सडकका वरीपरि फूलहरु फुलेर ढकमक्क भएका छन् । सधैँ धुलो र फोहोरका डङ्गुर हुने सडक रातारात सफा भएका छन् । यस्तै सफा सडक र सरसफाई एक दिनका लागी मात्र नभई सधै हुनु पर्ने सर्वसाधारणको भनाई छ ।

नेपालमा हुने आयात निर्यात धेरैजसो भारतसंग नै हुने गरेको छ । त्यसैले यो भ्रमणबाट चिनसंग पनि थप व्यापारीक सम्बन्ध विस्तार हुने सर्वसाधारणको अपेक्षा छ ।

नेपाली नेताहरु चीन लगायत विदेश भ्रमण गरिरहेकाप्रति सर्वसाधारण जानकार छन् । तर भ्रमणबाट नेताहरुले सिकेर नेपालमा विकासका धारणा अघि बढाउन नसकेकोमा भने उनीहरुको मन खिन्न छ । त्यसकारण चीनबाट र चिनियाँ नेताबाट नेपालका नेताहरुले पनि राम्रा काम अनुसरण गर्न सकुन भन्ने कामना सर्वसाधारणले गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);