नेपाल पर्यटन बर्ष २०२० अन्तिम तयारीमा, सीको नेपाल भ्रमणले बहुआयामिक प्रभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपाल पर्यटन बर्ष २०२० अन्तिम तयारीमा, सीको नेपाल भ्रमणले बहुआयामिक प्रभाव

visit nepal 2020

प्रमिला खतिवडा

काठमाडौं, २८ असोज । नेपाल पर्यटन बर्ष २०२० को अन्तिम तयारीमा रहँदा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने भएको छ । विशेषगरी चिनियाँ राष्ट्रपतिले सम्बोधनकै क्रममा नेपाल भ्रमण बर्षकै लागि भनेर चिनियाँ नागरिकलाई नेपाल जान प्रेरित गर्छुृ भन्ने भनाईले नेपालको लागि यो ठुलो अवसर हुने पर्यटन बोर्डको विश्वास छ ।

नेपालमा वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपाल चिनियाँ पर्यटकका निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ । २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट भएको भ्रमणले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण अवसर जुराइदिएको छ ।

विश्वको शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रका राष्ट्र«पतिले विश्वलाई नै प्रभावित पार्ने स्थिति बनिरहेका सन्दर्भमा नेपाल भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय भएकोछ । विश्व पर्यटन प्रवद्र्धनमा चीनको योगदान र राष्ट्रप्रमुखको यो भ्रमण नेपालको लागि फाइदाजनक हुनेछ । नेपालमा मात्र नभएर विश्वमा जुनसुकै ठाउँमा गएपनि चिनियाँ पर्यटक धेरै खर्चालु हुने भएकाले उनिहरुको आगमनबाट नेपालको अर्थतन्त्रमा सघाउ पु¥याउने छ । चिनियाँ नागरीकलाई उत्प्रेरित गर्र्र्र्न कुरा नेपालको लागि २० लाख पर्यटक भित्र्याउन सघाउ पुग्ने पर्यटन विभागको भनाईछ ।

चिनियाँ पर्यटक खासगरी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा बढी घुम्न रुचाउने गरेको तथ्याकंले देखाएकोछ । चिनियाँ पर्यटकको बढी रोजाइमा साहसिक पर्यटन पर्ने गरेको छ । त्यसमा प्याराग्लाइडिङ चिनियाँको मुख्य आकर्षक पक्ष हो । खासगरी पोखरामा सञ्चालन भएको यो व्यवसायमा ६० प्रतिशतभन्दा बढी चिनियाँ नै सेवाग्राही रहेको पर्यटन व्यवासायिको भनाई छ । पछिल्लो समयमा चिनियाँ पर्यटकको आर्थिक स्थिति बलियो हुँदै गएको र खर्च गर्ने क्षमता पनि बढिरहेको नेपाल चाइनिज गाईड एसोसिएसनका अध्यक्षको भनाईछ ।

चीनबाट पछिल्ला वर्षमा नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको छ । यसरी पर्यटन बृद्धि हुनुमा नेपालको धार्मिक सांस्कृतिक लगायत नेपालीको हसिलो मुहार रहेको र नेपालका होमस्टेमा रमाइलो हुने गरेको चाइनिज पर्यटक बताउँछन् ।

पर्यटनका निम्ति अर्को महत्वपूर्ण पक्ष भनेको सहज कनेक्टिभिटी हो । अहिले चीनका विभिन्न स्थानबाट चाइनिज एयरलाइन्सले नेपालमा सीधा उडान भर्दै आएका छन् । केही महिना अगाडि नेपाल र चीनबीच भएको द्विपक्षीय हवाई सम्झौताबाट चीनका थप १५ शहरबाट नेपालमा हवाई उडान गर्ने सहमति भएको छ ।

नेपालमा सडकमार्ग हुदै भित्रिने चाइनिज पर्यटकको संख्या पनि धेरै छ । धार्मिक तथा सांस्कृतिक, साहसिक, व्यापारीक पर्यटक विशेषगरी नेपाल आउने गरेका छन् । भ्रमण वर्षका समयमा चीनबाट कम्तीमा पनि पाँच लाख पर्यटक नेपालमा भित्र्याउने सरकारको योजना छ । तथापि चाइनिज पर्यटकबाट अझै पनि अपेक्षित लाभ भने लिन नसकेको अवस्था रहेकोछ । भ्रमण बर्षकै लागि भनेर उच्च मूल्यका पर्यटक नेपाल भित्रिनु आवश्यक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);