चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी तीब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी तीब्र

xi n bidhya

काठमाडाैं, ९ असाेज । चिनियाँ राष्ट्रपति सी जिन पिङ असोजको अन्तिम साता नेपाल आउने लगभग पक्का भएको छ । यसबारे सरकारी पक्षबाट तयारी तीब्र पारिसकिएको छ । यसबारे सत्तारुढ दलको शीर्ष नेतृत्वमा पनि छलफल भई प्रधानमन्त्रीबाटै जानकारी गराई सकिएको छ ।

सी विचारधाराबारे भएको दुई दिने छलफलले चर्चा पाइरहेकै बले अहिले चिनियाँ राष्ट्रको नेपाल भ्रमणबारे नेपालको तयारी कस्तो हुनुपर्छ भन्नेबारेमा पनि बहस शुरु भइसेको छ ।

२३ बर्ष यता छिमेकी राष्ट्र चीनवाट नेपालमा उच्च स्तरको भ्रमण हुन सकेको छैन । जबकी, नेपालकोतर्फबाट वर्षेनी जस्तो चीनमा उच्चस्तरीय भ्रमण भइ नै रहेको छ ।

यस अघि चिनका राष्ट्रपति सि जिन पिङ २०१६ मा नेपाल आउने भनियपनि भ्रमण हुन सकेन । लामो समयको प्रतिक्षापछी राष्ट्रपति बिद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सि असोजको अन्तिम साता नेपाल आउने तय भएको छ ।

सरकारले औपचारिक रुपमा जानकारी नगराएपनि तयारी भने थालेको छ । तयारी अनुरुप गत भदौ २२ गते चिनियाँ विदेशमन्त्री वाङ यी को नेपाल भ्रमण भइसकेको छ ।

भ्रमणको माहौल बनाउन नै नेपालमा चिनियाँ नेताहरु समेतको सहभागितामा सी को विचारधाराबारे बहस नै चलाईयो । जसको चर्चा अहिले पनि सेलाएको छैन । चीनकोतर्फबाट हुने उच्चस्तरीय भ्रमणबाट नेपालले कसरी लाभ लिन सक्ला भन्ने बहस अहिले राजनीतिक वृत्तमा चलिरहेको छ । यसलाई कुटनीतिक क्षेत्रमा पनि निकै महत्वका साथ हेरिएको छ ।

बिश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्र चिनका राष्ट्रपतिको नेपाल भ्रमण हुनु नेपालको समृद्धिका लागी अवसर हुनसक्ने अपेक्षा गरिएको छ । उहाँको भ्रमणका अवसरमा काठमाडौं केरुङ रेलवेका साथै अन्य नाका खोल्ने बिषयमा सरकारले तयारी गरिरहेको जनाइएको छ ।

जलबिद्युत आयोजना, प्राबिधिक विश्व बिद्यालय, रोड कनेक्टिभिटि लगाएत आर्थीक तथा पुर्वाधार बिकासमा संझौता गर्ने गरी सरकारले तयारी गर्नुपर्ने सत्तापक्षका नेताहरुको सुझाव छ ।

राष्ट्रपतिको भ्रमण माहौल बनाउन चिनियाँ बिदेशमन्त्रीले हालै नेपाल भ्रमण गर्नु भयो भने त्यस अघि नेपालका परराष्ट्रमन्त्रीले चीनको भ्रमण गर्नु भएको थियो । भ्रमणबाट नेपाल चीन सम्बन्धमा नयाँ आयाम त थपिन्छ नै । यसबाट नेपालको विकासका लागि थप सहयोग र लगानी भित्रिने पनि अपेक्षा गरिएको छ ।

तर राजनीतिक विश्लेषकहरु भ्रमणका अवसरमा सहयोग भन्दा पनि आर्थीक लगानी भित्र्याउन सक्ने खालका संझौता अघि सार्नुपर्ने बताउँछन् ।

नेपाल भ्रमण बर्ष २०२० पनि नजिकीदैछ । यसकै सेरोफेरोमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालबारे राम्रो सन्देश जाने देखिन्छ ।

विगतका अनुभवलाई हेर्दा अन्तर्राष्ट्रिय भ्रमणको बेला नेपालकोतर्फबाट गरिने सरकारी तयारी कमजोर भएको भन्ने टिप्पणी हुने गरेको थियो । यस्ता टिप्पणी र आरोप नेपालका हरेक सरकारले खेप्दै आएका छन् । यस पटकको उच्चस्तरीय भ्रमणमा त्यस्ता कुनै कमजोरी नहोस भन्नेतर्फ सरकारले ध्यानदिनुपर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);