२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आउँदै

xi-jinping-china-president

काठमाडौं, २५ असोज । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको आमन्त्रणमा चीनका राष्ट्रपति सी जिनफिङ दुई दिने राजकीय भ्रमणमा आज (शनिबार) नेपाल आउँदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक दुई पक्षीय भेटपछि उनी काठमाडौं आउँदै छन् । उनी शुक्रबार दिउँसो भारतको तमिलनाडुको महाबलीपुरममा पुगेका थिए । त्यहाँबाट उनी काठमाडौं आउँदै छन् । उनको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले जनाए । सी २६ असोजमा स्वदेश फर्केने छन् ।

२३ वर्षपछि चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्न लागेको हुँदा यसलाई विशेष रूपमा हेरिएको छ । यसअघि सन् १९९६ मा जियान जेमिनले नेपाल भ्रमण गरेका थिए । त्यसपछि नेपालमा राष्ट्रपतिको भ्रमण भएको छैन । त्यसअघि पनि सन् १९८४ मा ली सियान नियामले पाँच दिने नेपाल भ्रमण गरेका थिए ।

विश्वकै शक्तिशाली राष्ट्रप्रमुखमध्येका एक सी जिनफिङको नेपाल भ्रमण ऐतिहासिक हुने चीन र नेपालले व्याख्या गरेका छन् । नेपाल सरकारका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले यो भ्रमणले नेपाल र चीनको सम्बन्धमा आयाम थप्न सफल हुने बताए । चीनका राष्ट्रपति सीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेट गर्ने कार्यक्रम छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);