प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने ?

samsad

काठमाडौं, ३१ भदौ । प्रतिनिधिसभाका सांसदहरुले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाईन फ्लू महामारी नियन्त्रण लगायत आफना निर्वाचन क्षेत्र संग सम्बन्धित बिषयमा सरकारको ध्याना कर्षण गराएका छन ।

प्रतिनिधिसभाको आईतबारको शुन्य समयमा बोल्दै सांसद तेजुलाल चौंधरी र नमिताकुमारी चौंधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गरे ।

सांसद दुर्गाकुमारी विश्वकर्माले पोखराकी १३ वर्षीया किशोरी पुष्पा केसीको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न पनि सरकारको ध्यानाकर्षण गराईन । उनिले बेगनास तालमा डुंगा दुर्घटनामा परी ज्यान गएका ८ जनाका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन ।

त्यसै गरी सांसद देवप्रसाद गुरुङले लम्जुङको उत्तरीभेगमा आएको पहिरोले बगाएको सडक बाटो तत्काल निर्माण गर्न सरकारसँग माग गरे । सांसद नवराज सिलवालले नेपालको विभिन्न बैंकमा रहेको करिव ८ करोड हजार र पाँच सय दरका भारतीय नोट भारतसँग सटहीका लागि पहल गर्न अर्थ मन्त्रालयको ध्यानकर्षण गराए ।

सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले बस्ती जोखिममा परेकाले ती बस्तीहरुको उचित ठाउँमा स्थानान्तरण गर्न सरकारसँग माग गरे ।

त्यसैगरी सांसद पुष्पा भुसालले अर्घाखाँचीमा बाघका कारण १२ जना भन्दा बढिको ज्यान गएको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);