प्रतिनिधिसभामा अपराध पीडित संरक्षण विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रतिनिधिसभामा अपराध पीडित संरक्षण विधेयक पारित

samghiya samsadh

काठमाडौं, ३१ भदौ । प्रतिनिधिसभाको आईतबारको बैठकले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पारित गरेको छ । आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गरेको सो विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।

यस अघि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले अपराध पीडितलाई न्याय दिने गरी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडितलाई न्याय दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सरकारले अपराध पीडितलाई संरक्षण गर्ने उद्देश्यका साथ सो विधेयक प्रतिनिधिसभामा पेश गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);