दुई विधेयक दफावार छलफल गर्न समितिमा पठाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दुई विधेयक दफावार छलफल गर्न समितिमा पठाइयो

sanghiya samsadh

काठमाडौं, १७ पुस । प्रतिनिधि सभाले दुइवटा बिधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन)विधेयक २०७५ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाएको हो ।

बैठकमा केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०७५ र पारमाणविक विधेयक २०७५ प्रस्तुत भएका छन् । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०७५ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक २०७५ प्रस्तुत गरेका थिए ।

यसअघि सांसद प्रेम सुवालले दुवै विधेयमाथि दर्ता गरेको विरोधको सुचना बहुमतले अस्वीकृत भएको थियो । त्यसैगरी कानुन मन्त्री ढकालले बैठकमा राखेको प्रशासकिय अदालत विधेयक २०७५ मािथ विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

मंगलबार नै बसेको प्रतिनिधिसभाको दोश्रो बैठकले २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिक निर्वाचित सदस्य पुर्व वन तथा भू संरक्षण राज्यमन्त्री कमला देवी शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शर्माको ५६ बर्षको उमेरमा हृदयघातका कारण हिजो सोमबार निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक विहिबार १२ बजेका लागि बोलाईएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);