प्रधानमन्त्री ओलीले अरुलाई अपमान गरेको मिनेन्द्र रिजालको अाराेप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीले अरुलाई अपमान गरेको मिनेन्द्र रिजालको अाराेप

काठमाडौं, १७ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले अरुलाई अपमान गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् ।

नेता रिजालले ‘आफूबाहेक अरु कोही पनि जान्ने छैन’ भन्ने प्रधानमन्त्री ओलीको मान्यता रहेको उल्लेख गर्दै यसले मुलुकलाई समृद्ध बनाउन नसक्ने उल्लेख गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे ।

राष्ट्रिय पोशाक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले मुलुकको सम्मानका लागि पनि समृद्धिको अभियानलाई सफल बनाउनुको विकल्प नरहेको उल्लेख गरे ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपालको संस्कृतिलाई कमजोर बनाउने षडयन्त्र भईरहेको उल्लेख गर्दै त्यसमा सचेत रहन सबैलाई आग्रह गरे । मुलुकलाई समृद्ध बनाउन सकेमात्रै हाम्रा राष्ट्रिय पोशाकको पनि सम्मान हुने नेता रावलको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);