मुलुकलाई समृद्ध बनाउन सबैको साथ चाहिन्छ : बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुलुकलाई समृद्ध बनाउन सबैको साथ चाहिन्छ : बस्नेत

काठमाडौं, १० वैशाख । सत्तारुढ नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैले साथ दिनुपर्ने बताएका छन् ।

सरकारले मुलुकलाई समृद्ध बनाउने अभियान सञ्चालन गरेको उल्लेख गर्दै उनले त्यसमा साथ दिन सबैसँग आग्रह गरे । सोमबार काठमाडौंमा युवा संघ, नेपालको नयाँ नेतृत्वलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्न आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको अभियानलाई सफल बनाउन युवा संघ, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास पनि व्यक्त गरे ।

युवा संघ, नेपालका पूर्व अध्यक्ष समेत रहेका नेता बस्नेतले राज्यका सबै निकायसँग सहकार्य गरेर मुलुकलाई समृद्ध बनाउने अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजीव पहारीले नवनिर्वाचित अध्यक्ष रमेश पौडेललाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);