१४ औं महाधिवेशनबाट पार्टीमा फेरबदल आउँछ : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

१४ औं महाधिवेशनबाट पार्टीमा फेरबदल आउँछ : शेखर कोइराला

पार्टीको भावी सभापतिका लागि कोइराला परिवारबाटै एक जना दाबेदार बन्ने

विराटनगर, १७ पुस । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनबाट पार्टीमा एक किसिमको फेरबदल आउन सक्ने बताएका छन् । उनले पार्टीको भावी सभापतिका लागि कोइराला परिवारबाटै एक जना दाबेदार बन्न सक्ने भन्दै यसको बारेमा अहिले नै घोषणा गर्ने वेला नभएको बताएका छन् ।

मंगलवार विराटनगर स्थित कोइराला निबासमा पत्रकार सम्मेलनको आयोजना गरी नेता कोइरालाले कम्यूनिष्टले देशलाई सही दिशामा नहिँडाएको भन्दै संसदबाट खबरदारी गरिने बताएका हुन् । उनले नेपाली काँग्रसले सोच अनुसार प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको स्वीकार गरे । उनले सरकारको मनपरीलाई अव संसदबाटै जवाफ खोजिने बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);