अहिलेको नेतृत्व परिवर्तन भएर फेरि जिम्मेवार गठबन्धनको सरकार बन्छ : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

अहिलेको नेतृत्व परिवर्तन भएर फेरि जिम्मेवार गठबन्धनको सरकार बन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको समीश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताएका छन् ।कांग्रेस सभापतिका प्रत्यासी रहेका नेता कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसाथ गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताएका छन् ।

देउवाले युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस निर्माण हुने बताएका छन् । नेता कोइरालाले हिजोका तिक्तता भुल्दै अब नयाँ सिराबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनले संविधानमा केही परिमार्जन गर्नुपर्ने भए त्यो पनि गरिने उनले बताए ।

उनले पार्टी भित्रका वेथिति अन्त्यका लागि जवाफदेही नेतृत्व खोजिरहेको धारणा राखे । उनले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन् । नेता कोइरालाले नेतृत्व परिवर्तन भएर फेरि पनि जिम्मेवार गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

Leave a Reply

ताजा समाचार