काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गुम्दैमा कांग्रसको शक्ति नगुमेको बताएका छन् । सत्ताबाहिर भएपनि कांग्रेस निराश नहुने उनको भनाइ छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै कोइरालाले थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस केन्द्रदेखि सबैतिर प्रतिपक्षमा बस्नुपर्ने वातावरण श्रृजना भएको भन्दै उनले तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुुगेपनि कार्यकर्तालाई निराशा नहुन आग्रह गरेका छन् ।
यसबारे नेतृत्व र कार्यसमितिमा समिक्षा गर्ने पनि बताएका छन् । पार्टी नयाँ ढंगले अघि बढाएर जनतामाझ पार्टीको गल्ती कमजोरीको माफी माग्नुपर्ने उनको भनाइ छ ।





