काठमाडौं । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४४औं प्रधानमन्त्रीमा नियुक्त गरेसँगै नेपाली कांग्रेसमा हलचल उत्पन्न भएको छ । नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेको छ ।
नयाँ सरकार गठनका विषयमा सभापति शेरबहादुर देउवाले साथीहरुसँग छलफल गरेर निर्णय दिने बताएपनि पदाधिकारीहरु सँगै नै सल्लाह नगरेको आरोप लागेको छ । यसको पुष्टि महामन्त्री गगन थापाले पोखरा पुगेर गरेका छन् । थापाले भनेका छन्,‘मोबाइलमा सभापतिको फोन आउछ, छलफल गर्नूपर्छ भन्दै हेर्दै बसे तर कल आएन र म पोखरा हिडे ।’
प्रचण्ड अन्तिम वार्ताका लागि बालुवाटार पुग्नुअघि देउवाले आफु निकटका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा उपसभापति पुर्णबहादुुर खड्का, प्रवक्ता डा.प्रकाशशरण महत, निर्वतमान सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलगायतको उपस्थित भएको स्रोतले जनाएको छ ।
देउवा पत्नि आरजु राणा निकट मानिने महत र कार्कीले कांग्रेसले प्रधानमन्त्री छाड्न नहुुने तर्क गर्दै आएका थिए भने खड्काले प्रचण्डलाई प्रधानमन्त्री दिएर गठबन्धन जोगाउन पर्नेमा जोड दिएका थिए । त्यसो त रामचन्द्र पौडेलले प्रचण्डलाई धोका दिन नहुने र दिएमा सबै चिज गुमाउने चेतावनी समेत दिदै आएका थिए । उपसभापति खड्का र डा.महतबीच यसअघि पनि कर्णाली संसदीय दलको नेता चयनबारे विवाद भएको स्रोतले जनाएको छ ।




