सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाकाे घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाकाे घोषणा

विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा साेमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन ।

गिरिजाप्रसाद काेइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् । कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियाे नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सबैको इच्छा भएको उत्तार दिइन् । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ । म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु’, उनले भनिन्, ‘कोइराला परिवारमा पनि थप छलफल गर्छौ ।’

केही समयअघि विराटनगरमा आएका डा.शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए । महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन् ।न्यायालयमा देखिएको समस्यामा भने सरकारले चासो देखाउनुपर्ने उनको तर्क छ । कांग्रेसले पनि अर्ली इलेक्सन चाहेकाले देश चाँडै निर्वाचनमा जाने उनको भनाइ थियो । कोइरालाले अहिलेको गठबन्धन चुनावसम्म नहुने घोषणा गरिन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);