प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ मुद्दाका पेसी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ मुद्दाका पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाका ६ वटा पेसी तोकेका छन् । सर्वोच्च अदालतका १९ न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा रहेकै बेला जबराले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेसी मात्रै तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले आइतबार आफूसहित विभिन्न न्यायाधीशका १२ वटा पेसी तोकेका थिए । दिनभरि कुनै न्यायाधीश इजलासमा नआएपछि अन्तिममा प्रधानन्यायाधीशले नै मुद्दाको सुनुवाइ गरेर आदेश जारी गरेका थिए ।

बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दासमेत नहेरी न्यायाधीश आन्दोलनमै रहेपछि चौतर्फी आलोचना भएपछि जबराले सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरूको इजलासमा सोसम्बन्धी मुद्दाको पेसी तोकेका हुन् । जसअनुसार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको इजलासमा पुण्यराज गौतमको हकमा मेजुना शाहले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासमा रामचन्द्र देवकोटाको हकमा अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट, अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा प्रताप बस्नेतको हकमा अधिवक्ता दिवाकर पुरीले हालेको रिट, बमकुमार श्रेष्ठको इजलासमा सिन्धुपाल्चोकका सोमे तामाङको मुद्दा, सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासमा सप्तरीका विनोदकुमार चौधरी र न्यायाधीश कुमार रेग्मीको इजलासमा अधिवक्ता नवलकिशोर साहले हालेको मुद्दाको पेसी तोकिएको छ । इजलास बहिष्कार गरी आन्दोलनमा रहेका न्यायाधीशकै बेन्चमा बन्दीप्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएपछि न्यायाधीशहरू नैतिक संकटमा परेका छन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);