प्रधानन्यायाधीश इजलास तोक्ने न्यायाधीश इजलास जाँदैनौँ भन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रधानन्यायाधीश इजलास तोक्ने न्यायाधीश इजलास जाँदैनौँ भन्ने

काठमाडौं । बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । 

असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारबाट पूर्वसहमित विपरित सबै मुद्दाका लागि इजलास गठन गरेका छन् । 

सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । 

नेपाल बार एसोसिएसनले जबरावारे गम्भीर कदम चाल्न आग्रह गरेको भोलिपल्टै उनले मुद्दा सुनुवाइलाई लयमा फर्काउन खोजेको सन्देश दिएका छन् । तर, जबराको यो कदमविरुद्ध नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);