प्रधानसेनापति शर्मा भारत भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानसेनापति शर्मा भारत भ्रमणमा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार विहान भारतको औपचारिक भ्रमणमा गएकाछन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा गएका हुन् ।

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);