मेरो टिम सक्षम छ, पहिलो चरणमै सभापतिमा चुनाव जित्छु : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेरो टिम सक्षम छ, पहिलो चरणमै सभापतिमा चुनाव जित्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा। शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् ।

उनले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे । 

कांग्रेसमा आबश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताएका हुन् । उनले ऊर्जा र अनुभवसहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);