काँग्रेस सभापति देउवाद्वारा संसदीय दलको नेतामा उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काँग्रेस सभापति देउवाद्वारा संसदीय दलको नेतामा उम्मेदवारी घोषणा

deuba

काठमाडौं, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेताको उम्मेदवारी घोषणा गरेका छन् । सभापति देउवाले बुधबार पार्टी संसदीय दलको नेतामा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् ।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाले होलीको अवसर पारेर काठमाडौंको टोखास्थित आफ्नै निवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संचारकर्मीमाझ आफूले संसदीय दलको नेतामा उम्मेदवारी दिने संक्षिप्त प्रतिक्रिया दिए । उनले सभापति भएकाले दलको नेतामा आफ्नो उम्मेदवारी स्वभाविकै हुने तर्क पनि गरेका छन्।

यता, दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसकेका कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई हराउने दावी गरेका छन् ।

उनले देउवा पार्टी र सरकार दुवैको नेतृत्व गर्न पूर्णत असफल भएकाले पार्टीले आफूलाई संसदीय दलको नेतामा विजयी गराउने बताए । नेता सिंहले देउवालाई पुनः संसदीय दलको नेता बनाए पार्टीलाई हित नहुने बताउँदै आएका छन् ।

सिंहलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पनि समर्थन छ । वरिष्ठ नेता पौडेलले आफूले सभापति देउवालाई दलको नेतामा उम्मेदवारी नदिन पटक पटक आग्रह गर्दै आएको स्मरण गराए । उनले देउवालाई संसदीय दलको नेता बनाउँदा राम्रो सन्देश नजाने भएकाले सर्वसम्मत ढंगले चयन होस भन्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे ।

महामन्त्री शशांक कोइरालाले पार्टी संकटमा परेका बेला संसदीय दलको नेताका लागि चुनावी प्रतिष्पर्धा गर्न नहुने धारणा राखे । उनले सर्वसम्मतिमै दलको नेता चयन गर्न आफूले अन्तिम समयसम्म पनि पहल गर्ने बताए ।

आगामी सोमबार काँग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ । महामन्त्री कोइरालाले सर्वसम्मति भए आफू दलको नेता बन्ने चाहना व्यक्त गर्दै आएका छन् । कांग्रेस संसदीय दलको निर्वाचन २१ फागुनमा हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);