काँग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काँग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

deuba

काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सोमबार भएको मतदानमा सभापति देउवा प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मत अन्तरले पराजित गर्दै पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

काँग्रेस संसदीय दलमा ६३ मत रहेकोमा सभापति देउवाले ४४ मत प्राप्त गरी दलको नेतामा निर्वाचित भए । प्रतिस्पर्धी सिंहले १९ मत प्राप्त गरे । सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

चार पटक मुलुकको प्रधानमन्त्री भएका देउवाको संसदीय दलमा स्पष्ट बहुमत थियो । यता पूर्व महामन्त्री सिंहले भने देउवा पार्टी र सरकार संचालन दुवैमा असफल भएको दावी गर्दै संसदीय दलको नेतामा आफू विजयी हुने दावी गर्दै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);