काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकृयावादीहरुले पत्याउनै नसक्ने गरी एमाले र माओवादीबीच पार्टी एकीकरण हुने बताएका छन । पार्टी कार्यालय धुम्बराहीमा सोमबार ४५ औं शहीद स्मृति दिवस कार्यक्रममा उनले एमाले माओवादी एकता भएरै छाडने बताए ।
प्रधानमन्त्री ओलीले देशले बामपन्थी एकता चाहेको भन्दै रगत पसिनाले ल्याउको गणतन्त्र जोगाउने जिम्मेवारी पनि कम्युनिष्टको काधमा आएको दावी गरे । उनले एमाले एकताबाट पछि हट्छ भनेर चलाइएको हल्ला निराधार भएको बताए ।
उनले शहिद को शपना अव साकार हुने भन्दै सरकार समृद्धि र विकासमा केन्द्रीत हुने बताए । तत्कालिन सत्ताले २०२९ सालमा रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र वीरेन्द्र राजवंशीलाई झापाको सुखानीमा गोली हानी हत्या गरेको थियो ।




