संघीय संसदको पहिलो बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, २१ फागुन । संघीय संसदको पहिलो बैठक आज बस्दै छ । संघीय संसद् अन्र्तगत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अपराह्न ४ बजे बोलाइएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गर्नु हुने छ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आव्हान गरेको पत्र पढेर सुनाइने छ ।

संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था भएपनि राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी नहुने भएका कारण दुवै सदनको पहिलो बैठक छुट्टाछुट्टै बस्न लागेको हो । पहिलो बैठकमा शहीदहरुको सम्मानमा मौनधारण गर्ने तथा प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराउने कार्यसूचि छ ।

दुवै सभाको बैठकले अन्तरिम कार्यविधि पारित गर्ने छ । प्रतिनिधिसभाको बैठकले सभामुखको र राष्ट्रियसभाको बैठकले अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूचि तय गरिएको छ । सभामुखको फागुन २६ र राष्ट्रियसभाका अध्यक्षको ३० गते निर्वाचन गर्न प्रस्ताव गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);