प्रतिनिधिसभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रतिनिधिसभाको बैठक आज बस्दै

pratinidhi sava

काठमाडौं, ३ चैत। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनस्र्थापित संसदको तेस्रो बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

आज सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।

यसअघि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । अधिवेशन सुरु भएको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने भए पनि प्रतिनिधिसभाको तेस्रो बैठकमा समेत सातवटा अध्यादेश पेश नहुने भएको छ । संसद नचलेका बेला सरकारले जारी गरेका आठवटा अध्यादेश प्रतिनिधिसभाको २३ गते बसेको पहिलो बैठकमै पेश हुनुपर्ने भए पनि मंगलबार बस्ने बैठकमा समेत पेश गर्ने कार्यसूची छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);