पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै

काठमाडौं, २३ फागुन। सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला प्रतिनिधिसभाको यो सातौं अधिवेशन बस्न लागेको हो ।

सत्तारुढ दलभित्रको विवादका कारण आज बस्न लागेको प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।

अधिवेशन सुरु हुनुअघि नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिसकेका छन् । यसैबीच संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार यसअघिका अधिवेशनजस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिनेछ ।

त्यसैगरी मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले सुनाउने कार्यतालिका रहेको छ । बैठकमा सात वटा अध्यादेश पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा पेश गर्ने शोक प्रस्ताव नै १४ वटा छन् । यो कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रुप दिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);