प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम, १६ फागुन । प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार भएको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबाट दुई-दुई जना मन्त्री र फोरमबाट तीन जना राज्यमन्त्री थपिएका हुन्।

फोरमका ज्ञानेन्द्रकुमार यादवले आन्तरिक मामिला तथा कानुन, शैलेन्द्र साहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै राजपाबाट नवलकिशोर साह सुडीले सामाजिक विकास र रामनरेशराय यादवले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै फोरमबाट उषा यादव, योगेन्द्र राय यादव र सरोजसिंह कुशवाहा राज्यमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ खुवाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);