लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०७९, बिहीबार

लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्ने

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन

lal babu rahut

काठमाडौं, १६ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन । मुख्यमन्त्री राउतले संघीय समाजवादी फोरम र राजपाका पाँच पाँच जनालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन ।

फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा यादव मन्त्री बन्ने निश्चित भएको मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिष मिश्रले जानकारी दिए । उनिहरुलाई आजै सपथग्रहण गराउने तयारी छ । ज्ञानेन्द्र यादवले आन्तरिक मामिला तथा कानून र शैलेन्द्र साहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिने मिश्रले जानकारी दिए ।

योगेन्द्र यादव, सरोज सिंह र उषा यादवलाई भने राज्यमन्त्रीको रुपमा सपथ खुवाइने बताइएको छ । राजपाले भने आफ्नो भागमा परेका मन्त्रीको नाम सार्वजनिक गरेको छैन । प्रदेश दुईमा हाल तीन सदस्यीय सरकार छ ।