मुलुकको विकासका लागि कुनै कसर बाँकि नराख्ने प्रम ओलीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकको विकासका लागि कुनै कसर बाँकि नराख्ने प्रम ओलीको प्रतिबद्धता

pm kpoli

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि कुनै कसर बाँकि नराख्ने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुक विकासका लागि आफूले इमान्दारिताका साथ सदाचार अपनाउने र त्यसलाई व्यवहारमै कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सदाचार उपदेश दिने विषय नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सरकार मुलुकको समग्र क्षेत्रको विकासमा लागि परेको बताए ।

उनले मुलुकको समृद्धिका लागि राष्ट्रिय भावना चाहिने स्मरण गराए । प्रधानमन्त्री ओलीले दक्षता, सीपसहितको राष्ट्रिय एकता पनि मुलुकको समृद्धिको आधार भएको बताए ।

प्रधानमन्त्री ओलीले भावी पुस्ताका लागि योगदान दिनेगरी युवा पुस्तालाई शिक्षित, स्वस्थ्य र सक्षम बनाउनुपर्नेमा जोड दिए । उनले नेपाली सेनाले तालिमको माध्यामबाट मुलुकको कला, संस्कृति र भूगोलको पनि गहिरो अध्ययन गरेको चर्चा समेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);