भ्रष्टाचार गर्ने जो कोहीलाई कडा कार्बाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भ्रष्टाचार गर्ने जो कोहीलाई कडा कार्बाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

kp oli pm

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कडा कार्बाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सकारले भ्रष्टचार उन्मुलन अभियान चलाएको भन्दै भ्रष्टाचार गर्ने कसैलाई बाँकी नराख्ने चेतावनी दिए । उनले भ्रष्टाचार अन्त्य गर्न केन्द्र सरकार र प्रदेश सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

उनले प्रदेश सरकारलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्दै उत्पादन र रोजगारीको अवसर सृजना गर्ने काममा लगानी भित्रयाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले पेट्रोल उत्पादन कार्य पनि सुरु गर्न लागिएको दाबी गरे । उनले हेटौंडा कपडा उद्योग तत्काल सञ्चालनमा ल्याउने उद्घोष गरे ।

प्रधानमन्त्री ओलीले भारतलेसमेत प्रतिस्पर्धा गर्न नसक्ने गरी सिमेन्टको उत्पादन गर्न सक्ने कच्चा पदार्थ नेपालसँग रहेको स्मरण गराए । नेपाल सम्भावना नै सम्भावना भएको मुलुक भएको भन्दै उनले त्यसलाई सदुपयोग गरेर अघि बढ्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);