अस्पतालहरुलाई ‘पहिले उपचार त्यसपछि पैसा’ नियम लागू गर्ने : केपी ओली | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

अस्पतालहरुलाई ‘पहिले उपचार त्यसपछि पैसा’ नियम लागू गर्ने : केपी ओली

pm kpoli

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुलाई ‘पहिले उपचार त्यसपछि पैसा’ नियम लागू गर्ने बताएका छन । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको त्रिवि शिक्षण अस्पतालमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आर्थिक अभावका कारण कसैले पनि उपचारबाट बन्चित हुनु नपरोस भनेर त्यस्तो नियम ल्याउन लागेको जानकारी दिए ।

अस्पताल सेवामुखि हुनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले बिरामीको सेवालाई पैसासँग तुलना नगर्न अस्पताल संचालकहरुलाई निर्देशन दिए । भ्रष्टाचार गर्ने जो कोहिलाई सरकारले नछाड्ने भन्दै उनले भ्रष्टाचारको अन्त्य गर्नको लागि सहयोग गर्न सबैसँग अपिल गरे । बहुमत प्राप्त सरकारले जनतामुखि काम गर्ने घोषणा गर्दै प्रधानमन्त्री ओलीले जनताको काम तुरुन्त गर्न राष्ट्रसेवकहरुलाई भाषकै क्रममा निर्देशन दिए । प्रधानमन्त्री ओलीले मुलुक अब आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । २३ आना क्षेत्रफलमा निर्माण हुनलागेको मनमोहन कार्डियोथोरासिक भवन ३० करोड रुपैयाको लागतमा बन्ने छ ।

भवन १९ महिनामा निर्माण भइसक्न र निर्माणपछि मुटुको उपचारका लागि सुविधा सम्मपन्न अस्पताल हुने बताइएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर उत्तमकृष्ण श्रेष्ठले सुविधासम्पन्न ४० शैया थपिने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);