हवाई यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सरकार केन्द्रित : मन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

हवाई यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सरकार केन्द्रित : मन्त्री अधिकारी

rabindra

काठमाडौं, २१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले हवाई यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सरकार केन्द्रित रहेको बताएका छन् ।

मन्त्री अधिकारीले हवाई यातायातको माध्यामबाट कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हवाई यातायातको क्षेत्रमा मुलुकले फड्को मार्नुपर्ने अवस्था आएको बताए । मन्त्री अधिकारीले पर्यटकहरुलाई भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न पनि विद्यमान हवाई क्षेत्रको पूर्वाधार पर्याप्त नहुने बताए ।

उनले हवाई यातायातलाई व्यवस्थित ढंगले संचालन गर्न वस्तुनिष्ट समिक्षा गरेर योजना बनाउन राष्ट्रिय योजना आयोगको पनि ध्यानाकर्षण गराए । मन्त्री अधिकारीले हवाई क्षेत्रको व्यवस्थापनका लागि आवश्यक सुझाव दिन विज्ञहरुसँग आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);