नेपालमा हवाई सेवा शुरु भएको ७३ वर्षमा ८५ वटा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालमा हवाई सेवा शुरु भएको ७३ वर्षमा ८५ वटा दुर्घटना

फाइल तस्बिर

अहिलेसम्म झण्डै एक हजार नेपालीले हवाइ दुर्घटनामा ज्यान गुमाए   

मनिषा महर्जन
काठमाडौं, १८ फागुन । यातायातको साधन मध्ये हवाई यातायातलाई विश्वमै सबैभन्दा बढी सुरक्षित मानिन्छ । तर नेपालको सन्दर्भमा हेर्दा हवाई यातायता असुरक्षित हो कि जस्तो देखिएको छ ।

नेपालमा हवाई यातायात सेवा शुरु भएको झण्डै ७३ वर्ष लामो अवधिमा ८५ वटा दुर्घटना भएका छन् । यो अवधीमा झण्डै एक हजार नेपालीले हवाइ दुर्घटनामा ज्यान गुमाएका छन् । हालै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित ७ जनाको ज्यान जानेगरि गरी भएको दुर्घटनाले फेरी एकपटक नेपाली आकाशमा हुने हवाई उडानको सुरक्षामाथि प्रश्न उठाएको छ ।

गत बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो । मन्त्री अधिकारीसँगै हेलिकप्टरमा सवार हवाइ, होटल तथा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभोय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे सवार थिए ।

यसैगरी १२ वर्ष अघि २०६३ साल असोज ७ मा भएको हेलिकप्टर दुर्घटनामा परि तत्कालिन वन राज्यमन्त्री गोपाल राई सहित २४ जनाको निधन भएको थियो । नेपाली आकासमै पाकिस्तान एयरलाइन्सको विमान भट्टेडाँडामा दुर्घटना हुँदा एकैपटक १६७ जनाको ज्यान गएको थियो ।

थाइ एयरको बिमान नुवाकोटको घ्याङफेदीमा भएको दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो । यस्तै दुर्घटनाका कारण नेपाली आकास र नियमक निकायका विषयमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ र युरोपिएन युनियनले प्रश्न उठाएका थिए ।

आइकाओले नेपालका विषयमा राखेका प्रश्नका समाधान भेटिएपनि यरोपिएन युनियनले अझै कालोसूचीमा राख्दा नेपाली विमानले युरोपिएन मुलुकमा उडान भर्न पाएका छैनन् । त्यसैले सुरक्षाका क्षेत्रमा केही काम गर्नैपर्ने अवस्था रहेको विज्ञहरुको बुझाई छ ।

वायु सेवा सुरक्षित र व्यवस्थित बनाउन धेरैवटा नीतिहरु पनि ल्याएका छन् । तर, ती नीतिहरुको प्रभावकारी कार्यन्वयन नहुँदा हवाइ दुर्घटना बढिरहेका छन् । पर्यटन मन्त्रालयका पूर्वसचिव दीपेन्द्रपुरुष ढकाल भएका नीतिको प्रभावकारी कार्यान्वयन र नयाँ अत्याधुनिक प्रविधिहरु भित्र्याउन आवश्यक रहेको बताउँछन् ।

वायुसेवाका विज्ञहरुका अनुसार हवाई उडान सफल हुनका लागि मानव, मेसिन र मौसमको संयोजन हुन जरुरी छ । यो संयोजनको कमीमा र अनुमानित मौसमलाई बेवास्ता गरिनु नेपाली आकासमा दुर्घटना बढ्नुका कारणका रुपमा देखिएका छन् ।

झन नेपाल जस्तो पहाडै पहाड भएको मुलुकमा अन्य यात्रा भन्दा हवाइ यात्रा नै छिटो र सुरक्षित हुनुपर्ने हो । तर, पटक पटक भएका दुर्घटना अनि दुर्घटनापछि गठन भएका छानविन समितिका प्रतिवेदन कार्यान्वयनको अवस्था हेर्दा हवाइ यात्रा थप असुरक्षित बनिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);