विकासका वृहत योजना पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विकासका वृहत योजना पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

kp oli pm

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन आवश्यक परे संविधान संशोधन गर्नेदेखि पूरक बजेट ल्याउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो अध्यक्षतामा सोमबार साँझ बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले सरकारले अगाडि बढाएका विकासका मुद्दालाई राज्यका सबै निकायले सहयोग गर्नुपर्ने भन्दै खासगरी अदालतको भूमिकाप्रति असन्तुष्टि जनाए । अदालतको अन्तरिम आदेशका कारण कतिपय सडकको विस्तार रोकिएकामा प्रधानमन्त्री ओलीले सरकारले अगाडि बढाएका विकास र समृद्धिका काममा संवैधानिक र अन्य निकायले भाँजो हाल्न नहुने बताए ।

उनले नागरिकले तिरेको करमा आश्रित जोकसैले राज्यले अगाडि बढाएका कार्यलाई अवरोध गर्नुको साटो सहयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले साविकमा जस्ता झिनामसिना नभइ राष्ट्रिय महत्वका र बहुसंख्यक जनता लाभान्वित हुने योजना कार्ययोजना र समयसीमासहित राष्ट्रिय योजना आयोगमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।
उनले सानातिना योजना मन्त्रालय तहबाटै टुंग्याइनुपर्ने भन्दै मन्त्रीहरुलाई दुई चपरी माटो कोदालोले नै फाल्न र डोजर चलाउनु परे आफूकहाँ ल्याउन निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);