घोषणा गरेका सबै एजेण्डा कार्यान्वय गरेरै छाड्ने : केपी शर्मा ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

घोषणा गरेका सबै एजेण्डा कार्यान्वय गरेरै छाड्ने : केपी शर्मा ओली

pm kpoli

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घोषणा गरेका सबै एजेण्डा कार्यान्वय गरेरै छाड्ने बताएका छन । बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिको अभियानलाई सफल बनाउन इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता पनि जनाएका हुन ।

आफू अर्ति उपदेशमात्र नदिने भन्दै ओलीले कतिपय चुनावी घोषणा कार्यान्वयनमा लगिसकेको दाबी पनि गरे । यद्यपि, उपलब्धि आएपछि सबैलाई थाहा हुने भन्दै उनले के–के योजना कार्यान्वयन हुँदैछन् भन्नेबारे खुलाएनन् । उनले युवा वर्गलाई लक्षित गरी सरकारले विभिन्न योजना तयार गरिरहेको पनि बताए ।

वर्तमान सरकार आर्थिक विकासका लागि गठन भएको भन्दै उनले विकासको अभियानमा सघाउन सबै पक्षलाई आह्वान पनि गरे । ओलीले सरकारले मुलुकको विकासका लागि कुनै कसर बाँकी नराख्ने दाबी गर्दै भावी पुस्ताका लागि योगदान दिनेगरी युवा पुस्तालाई शिक्षित , स्वस्थ र सक्षम बनाउनुपर्नेमा जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);