विश्वलाई परिवर्तनका लागि तयार रहन अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रमुख आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

विश्वलाई परिवर्तनका लागि तयार रहन अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रमुख आग्रह

international money fund

काठमाडौं, १८ फागुन । विश्वलाई परिवर्तनका लागि तयार रहन अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ प्रमुखले आग्रह गरेका छन । विश्व अर्थतन्त्रले वृद्धिको संकेत देखाए पनि व्यापारसम्बन्धी विवाद, मौद्रिक नीतिको सामान्यीकरण र प्राविधिक परिवर्तनजस्ता जोखिम पनि सँगै अघि बढेको कोष प्रमुख क्रिष्टिन लगार्डको भनाई छ ।

आगामी अक्टोबरमा इण्डोनेशियाको बालीमा हुने कोषको वार्षिक बैठकको तयारीका लागि जकार्तामा चलिरहको सम्मेलमा उनले यस्तो बताएका हुन । यो वर्ष र सन् २०१९ मा विश्व अर्थतन्त्र ३ दशमलव ९ प्रतिशत बढ्ने कोषको अनुमान रहेको पनि उनले प्रष्ट पारेका छन । आर्थिक वृद्धिको यो प्रक्षेपण जनवरीमा यही थियो । यो सन् २०१७ को ३ दशमलव ७ प्रतिशत प्रक्षेपणको तुलनामा भने बढी हो ।

अमेरिका र यूरोपजस्ता विकसित अर्थतन्त्रमा हुन सक्ने ब्याजदर वृद्धिले विश्वलाई नै तरंगित पार्न सक्ने हुँदा यसका लागि पनि राष्ट्रहरू तयार रहन आवश्यक रहेको उनको भनाई छ । यसले अन्य राष्ट्र, कम्पनी, रोजगारी र आम्दानीलगायत क्षेत्रमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा अनिश्चित नै रहेको छ । घरेलु माग, क्षेत्रीय व्यापार र आर्थिक विविधतामा जोड दिँदै दक्षिणपूर्वी एशियाली राष्ट्रहरूले स्वचालित कारखाना, कृत्रिम बौद्धिकता, बायोटेक्नोलोजी, नयाँ वित्तीय प्रविधि र डिलिटल मुद्राजस्ता प्राविधिक परिवर्तनका लागिसमेत तयार राख्न जरुरी रहेको उनको भनाइ छ । यसले केही रोजगारी गुम्न सक्ने भए पनि कामदारहरूले नयाँ प्रविधिबाट फाइदा उठाउन तयार पार्न यो आवश्यक रहने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);