एक ठाउँमा अनुमति लिएर अर्को ठाउँमा स्थापना गर्ने उद्योगीमाथि कारबाही : लालबाबु पण्डित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एक ठाउँमा अनुमति लिएर अर्को ठाउँमा स्थापना गर्ने उद्योगीमाथि कारबाही : लालबाबु पण्डित

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक ठाउँमा उद्योग सञ्चालनको अनुमति लिएर अर्को ठाउँमा स्थापना गर्ने उद्योगीमाथि कारबाही गर्ने बताएका छन ।

lal babu pandit

काठमाडौं, १८ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक ठाउँमा उद्योग सञ्चालनको अनुमति लिएर अर्को ठाउँमा स्थापना गर्ने उद्योगीमाथि कारबाही गर्ने बताएका छन ।

सामुदायिक रेडियो प्रशारक संघले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा वातावरणमन्त्री पण्डितले उद्योगीहरुमा एक ठाउँमा वातावरणीय प्रभाव मूल्यांकन गराइ अन्यत्र उद्योग खोल्ने गरेको बारेमा आफू जानकार रहेको भन्दै त्यस्ता उद्योगीलाई कारबाही गर्ने बताए । मन्त्री पण्डितले वातावरण प्रदूषण गर्ने जो कोहीलाई पनि आफूले नछोड्ने चेतावनी दिएका छन ।

मन्त्री पण्डितले वातावरणको क्षैत्रमा एक वर्षभित्र परिणाम देखिने गरी काम गरेर देखाउने दाबी गर्दै संचार माध्यमहरुलाई विषयवस्तु बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);