जनतासामु गरेका सबै घोषणा कार्यान्वयन गरेरै छाड्छु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

जनतासामु गरेका सबै घोषणा कार्यान्वयन गरेरै छाड्छु : प्रधानमन्त्री ओली

kp oli

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतासामु घोषणा गरेका सबै एजेण्डा कार्यान्वय गरेरै छाड्ने बताएका छन् ।

आफू अर्ति उपदेश मात्र नदिने भन्दै ओलीले कतिपय चुनावी घोषणा कार्यान्वयनमा लगिसकेको बताएका छन् । यद्यपि, उपलब्धि आएपछि सबैलाई थाहा हुने भन्दै उनले के–के योजना कार्यान्वयन हुँदैछन् भन्नेबारे खुलाएनन् ।

बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिको अभियानलाई सफल बनाउन इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले युवा वर्गलाई लक्षित गरी सरकारले विभिन्न योजना तयार गरिरहेको बताए ।

वर्तमान सरकार आर्थिक विकासका लागि गठन भएको भन्दै उनले विकासको अभियानमा सघाउन सबै पक्षलाई आह्वान गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);