लुम्बिनी विकासका लागि विशेष योजना ल्याउने प्रधानमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लुम्बिनी विकासका लागि विशेष योजना ल्याउने प्रधानमन्त्रीको घोषणा

‘बुद्धको जन्मस्थलबारे बहस गर्नुको अर्थ छैन’

रूपन्देही, १७ वैशाख । प्रधानमन्त्री केपी ओलीले बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि विशेष योजना ल्याउने घोषणा गरेका छन् ।

२५६२ औं बौद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई विश्वकै आकर्षक एवं पवित्र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने घोषणा गरेका हुन् । उनले योजना कार्यान्वयन भएपछि पर्यटक आगमनमा गुणात्मक वृद्धि हुने समेत दाबी गरे ।

प्रधानमन्त्री ओलीले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनका लागि सरकारले विशेष योजनाका साथ काम गर्ने बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थलकाबारे बहस गर्नुको अर्थ नरहेको भन्दै विभिन्न देशका कोर्ष बुकमा गलत भए त्यसलाई कुटनीतिक तवरबाट हटाउनुपर्ने बताए । २५६२ औं बौद्ध जयन्तीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेपनि उनले कार्यक्रमलाई सम्बोधन गरिनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);