नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दका नाममा पक्राउ पूर्जी जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दका नाममा पक्राउ पूर्जी जारी

काठमाडौं, १६ फागुन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । चन्दको नाममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ पूर्जी जारी गरेको हो । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित चन्दको घरमा पक्राउ पूर्जी टाँस गरिएको छ ।

कपिलवस्तु चन्द्रौटाका प्रहरी निरीक्षक झबिन्द्र भट्टराईका अनुसार मंगलबार उनको घरमा पक्राउ पूर्जी टाँसिएको हो । भोजपुर जिल्ला अदालतले विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्राचार गरेपछि चन्दलाई पक्राउ गर्न लागिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);