कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै

काठमाडौं । जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्।

उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट पुर्‍याएर थिए। नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए। तर ती किशोरीले बस्न नमानेपछि बाध्य भएर उनी किशोरीलाई लिएर काठमाडौं फर्किसकेका थिए। तर होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा पुर्‍याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।

उक्त उजुरीपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट गत बिहीबार पक्राउ पूर्जीसमेत लिइसकेको छ। पक्राउ पूर्जी लिई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा प्रहरीले पक्राउ आदेश पठाएको छ।

सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ।

यद्यपि सन्दीप फर्किनेबारे आफूहरुलाई केही जानकारी नभएको प्रहरीले बताएको छ। तर पक्राउ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्ने प्रहरीले जनाएको छ। साथै एयरपोर्टमा निगरानि पनि राखिएको एसएसपी भरत बोहोराले बाताएका छन्। ‘हामीलाई सन्दीप नेपाल आउनेबारे जानकारी छैन। पक्राउ पूर्जी जारी भइसकेको छ। जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्छौं। एयरपोर्टमा निगरानी बढाएका छौं,’ उनले भने।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);