संघीय संसदको बैठकका एजेण्डाबारे छलफल गर्न सर्वदलीय बैठक आव्हान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संघीय संसदको बैठकका एजेण्डाबारे छलफल गर्न सर्वदलीय बैठक आव्हान

संसद सचिवालयले संघीय संसदको पहिलो बैठकका एजेण्डाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ ।

sangiya samsadh

काठमाडौं, १६ फागुन । संसद सचिवालयले संघीय संसदको पहिलो बैठकका एजेण्डाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । सचिवालयको आव्हानमा आज अपरान्ह २ बजे संसद् भवनमा सर्वदलीय बैठक बस्न लागेको हो ।  सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले राष्ट्रिय मान्यता प्राप्त दलबाट एक\एक जना प्रतिनिधिलाई बैठकमा बोलाइएको जानकारी दिए ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले राष्ट्रिय दलको मान्यता पाएका छन् । बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभाको पहिलो बैठकका एजेण्डाबारे छलफल हुने छ । संघीय संसदको पहिलो बैठक फागुन २१ गते अपरान्ह ४ बजे बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);