प्रदेश ५ मा मन्त्रिपरिषद विस्तार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रदेश ५ मा मन्त्रिपरिषद विस्तार

एमालेका दुई र माओवादीका एकजना बने मन्त्री, विश्वासको मत दिएको फोरम अटाएन

बुटवल, ५ चैत । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीपरिषद विस ्तार गरेका छन् । तीन जना मन्त्री थपेर मुख्यमन्त्री पोखरेलले मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

एमालेका लिला गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आरती पौडेललाई भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्रालय र माओवादीका सुदर्शन बराललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश ५ मा अब ६ सदस्यीय मन्त्रीपरिषद भएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम भने सरकारमा सहभागी भएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);